जिप दुर्घटना हुँदा ६ जना घाइते
gorkhapatraonline.com · Sun Sep 20 11:50:28 GMT 2026

पाल्पामा फोर्स जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै पाल्पातर्फ आउदै गरेको जिप आइतबार दिउँशो तानसेन–८ भालेबास नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी पूर्वखोला–१ बस्ने वर्ष २९ का चालक नरबहादुर राना, सोही स्थानका वर्ष ५० को कृष्ण बहादुर राजमगर, पूर्वखोला–४ स्थायी घर भइ हाल तानसेन–४ भगवतीटोल बस्ने वर्ष २८ की मनकुमारी सारु घाइते हुनुभएको छ ।