प्रधानमन्त्री कप : फाइनलमा सुदूरपश्चिम र एपीएफ भिड्दै
baahrakhari.com · Fri Jan 24 17:58:33 GMT 2025
काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब भिड्ने भएका छन् । आज सम्पन्न सुपर–४ को अन्तिम खेलमा वाग्मती प्रदेशलाई ३० रनले हराएर सुदूरपश्चिमले फाइनलको यात्रा तय गरेको हो ।
सुदूरपश्चिमको जितमा रितु कनौजियाले अलराउन्ड प्रदर्शन गरिन् । फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १२ रन बनायो । जसमा रितुले अविजित ३४ र मनिषा बोहराले १६ रन जोडिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)