बीओकेद्वारा गण्डकीमा घरदैलो कार्यक्रम
abhiyandaily.com
काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके)ले गण्डकी प्रदेशका विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेको छ । बैंकका गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयले सहज बैंकिङ सम्बन्धी चेतना दिने उद्देश्यले घरदैलो कार्यक्रम गरेका हुन् । सो क्रममा बैंकद्वारा सार्वजनिक दुई निक्षेप योजना र बैंकिङ सेवासम्बन्धी पनि जानकारी गराइएको बैंकले जानकारी दिएको छ । उक्त कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता थियो ।
यसअघि बैंकले ४ गुणासम्मको प्रतिफल भएको बीओके सुपर मुद्दती खाता सार्वजनिक गरेको थियो । उक्त खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छूट, मौज्दात रकमको ९० प्रतिशतसम्म ऋण सुविधासहित रू. २ लाखसम्मको क्रेडिट कार्ड सुविधा रहेको बैंकले बताएको छ । घरदैलो कार्यक्रममा यसबारे पनि जानकारी गराइएको थियो । त्यस्तै बीओके प्रिमियम प्लस बचत खातामा ८ दशमलव शून्य ३ प्रतिशत वार्षिक ब्याजदरसहित थुप्रै निःशुल्क सेवा समावेश गरिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)