डोटीमा ट्याक्टर दुर्घटनामा बालकको मृत्यु
hamrakura.com · Wed Aug 24 00:00:00 GMT 2022
डोटी । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जना बालकको ज्यान गएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका ७ चवराचौतारा चनुकाँडाको फुलेढुङ्गामा ट्याक्टर दुर्घटना हुँदा चनुकाँडाका रामबहादुर भुलका १७ वर्षीय छोरा जीवन भुलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार सुपप्र ०१००२ त ४७७६ को ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार उनको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)