कौशल्या गुरुकुललाई पुस्तक हस्तान्तरण
gorkhapatraonline.com · Sun Sep 20 12:08:44 GMT 2026

बागलुङ, असोज ४ गते । बागलुङ नगरपालिका वडा नं. ६ भान्सामा सञ्चालित जय नारायण कौशल्या गुरुकुललाई एजुकेसन फर लाइफ नर्वेले एक लाख रुपियाँ बराबरको विभिन्न विधाका पुस्तक सहयोग गरेको छ ।
कर्मा फाउण्डेशन फ्लाइटस् पोखराको पहलमा एजुकेसन फर लाइफ नर्वेले धार्मिक, सामाजिक तथा आधुनिक विधाका पुस्तक सहयोग गरेको हो । गुरुकुलमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान तथा अध्ययनको दायरा फराकिलो बनाउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको कर्मा फाउण्डेशनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)