कक्षा ११ मा छात्रवृत्ति- एकीकृत परीक्षा लिएर योग्यताक्रमका आधारमा छात्रवृत्ति दिने
newsofnepal.com · Wed Jun 28 00:47:00 GMT 2023
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति पाउन योग्य विद्यार्थीका लागि एकीकृत परीक्षा सञ्चालन गर्ने भएको छ । कामपा शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले निजी उच्चमाध्यमिक विद्यालयले छात्रवृत्ति उपलब्ध गराउँदा मनपरी गरेको गुनासो आएपछि छात्रवृत्तिलाई एकरूपता दिन एकीकृत परीक्षा शुरू गर्न लागेको जानकारी दिनुभयो ।
माविसम्मको शिक्षा स्थानीय निकायमा आएपछि वडा अध्यक्षको अध्यक्षतामा हुने समितिले छात्रवृत्ति दिने व्यवस्था गरेको छ । कामपाले मात्र परीक्षा लिएर योग्यता क्रमका आधारमा छात्रवृत्ति दिने तयारी गरेको छ । एक साताअघि भर्ना शुल्क विवरण माग गरेको कामपाले पहिलोपटक परीक्षा लिएर छात्रवृत्ति छनौट गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)