दक्षिण अफ्रिकी पत्रकार बेपत्ता
ratopati.com · Sun Sep 20 12:10:21 GMT 2026

दक्षिण अफ्रिका । दक्षिण अफ्रिकी एक पत्रकार जिबुटीबाट बेपत्ता भएका उनको पारिवारिक श्रोतले जनाएको छ। उनको परिवारले एएफपीलाई यसबारे पुष्टि गर्दै उन को बेपत्ता भएको जानकारी विभिन्न अधिकारीहरूलाई दिइएको छ ।
बेलायती नागरिकता पनि प्राप्त गरिसकेका माइका रेड्डी बिहीबार तोकिएको जिम्मेवारीका लागि जिबुटी गएका थिए । शनिबार स्थानीय समयअनुसार दिउँसो १ बजेसम्म उनी सहकर्मीहरूसँग घण्टैपिच्छे सम्पर्कमा रहेका थिए तर पछि उनीसँगको सञ्चार विच्छेद भएको उनकी पत्नी निकोल बेअड्र्सवथले बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)