बर्दियामा गुडिरहेको हाईस गाडीमा एक्कासी आगलागी
annapurnapost.com · Sun Sep 20 12:14:20 GMT 2026

गुलरिया : पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका–७ रम्भापुरस्थित ५ नम्बर चोकमा ईभी हाईस गाडीमा आगलागी भएको छ। बाँकेको कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००२ ज ४३३ नम्वरको भाडाको ईभी हाईस गाडीमा गुडिरहेको अवस्थामा एक्कासी आगलागी भएको हो।
कैलालीको धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएको भाडाको ईभी हाईस गाडीमा गुडिरहेको अवस्थामा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले बताए। गाडीमा चालक र सहचालक मात्र भएको र कुनै पनि मानविय क्षती नभएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)