मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

इलाम सूर्योदय १२ का किसान मदन राई भन्छन्ः ‘अनुदान भन्दा पनि प्रोत्साहन ठूलो रहेछ’

deshsanchar.com · Fri Jan 24 22:51:37 GMT 2025

इलाम- सूर्योदय नगरपालिकाले २०७६ साउन ४ गते अगुवा अर्ग्यानिक तरकारी कृषकका रुपमा सम्मान गरेपछि सूर्योदय–१२ का मदनकुमार राईलाई व्यावसायीक कृषिकर्म गर्न थप ऊर्जा मिल्यो । “ अनुदान भन्दापनि प्रोत्साहन ठुलो रहेछ ।” उनले भने, “कृषिमै रमाएको त तीन दशक बित्यो । तर, पालिकाले उत्कृष्ट कृषकका रुपमा सम्मान गरेपछि मलाइ थप व्यवसायीक बन्न ऊर्जा मिलेको हो । टनेल र अन्य बिउ बिजनमा अनुदान पनि पाएँ ।”

उनको ७० रोपनी जमिनमध्ये ५५ रोपनी खेतियोग्य छ । जहाँ अकबरे, काँक्रा, आलु, कागती, टमाटर, बन्दा कोपी, एभोकाडो, चिया र कफिको व्यवसायीक खेती भइरहेको छ । राईले यस पटक आठ रोपनी क्षेत्रफलमा रोपण गर्नुभएको दश हजार बोट अकबरेबाट २३ लाख आम्दानी गर्नुभयो । राईले भने,“फल सात लाखको बिक्यो । प्रतिकेजी ३५ हजारदेखि ५० हजारका दरले ४० केजी बियाँ बिक्री गर्दा करिब १६ लाख आम्दानी भयो । अकबरेले यो वर्ष २३ लाख आम्दानी गरेको छ । ”

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)