एरिकाले कांस्य पनि गुमाइन्
ratopati.com · Sun Sep 20 12:25:44 GMT 2026
काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले ठुलो आशा गरेकी कराँते खेलाडी एरिका गुरुङ पदकविहीन भएकी छन् । महिला ६८ केजीमाथिको कुमितेमा एरिका आइतबार कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा साउदी अरेबियाकी दिना अहमदसँग ८–७ अंकले पराजित भइन् ।
सेमिफाइनलमा पराजित भएपछि कांस्यका लागि प्रतिस्पर्धा गरेकी एरिकाले एक अङ्कको अन्तरमा खेल गुमाएसँगै यस पटक एसियाली खेलकुदबाट पदक जित्ने उनको सम्भावना समाप्त भएको हो । एरिकाले प्रतियोगिताको सुरुवात भने प्रभावशाली रूपमा गरेकी थिइन् । क्वार्टरफाइनलमा उनले जोर्डनकी यारा नासेरलाई ७–१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)