मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तराईमा निरन्तर शीतलहरः दलित मुसहर परिवार समस्यामा

deshsanchar.com · Fri Jan 24 23:08:03 GMT 2025

बरहथवा (सर्लाही)- चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन् ।

बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ । उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर जसोतसो खरको झुपडीमा जीवन धानिरहेका छन् । अन्य समयमा अवस्था सामान्य भएपनि बर्सातको डुबान र हिउँदको ठण्डीले उनीहरूलाई निकै पिरोल्छ । यस बस्तीका बालबालिका र वृद्ध वृद्धा निकै सकसपूर्ण जीवन व्यतित गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)