मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शुक्लाफाँटामा भू उपयोग अध्ययन

barnanmedia.com · Fri Jan 24 23:09:33 GMT 2025

काठमाडौँ, १२ माघ : शुक्लाफाँटा नगरपालिकामा भूमिको वर्गीकरण अनुसारको उपयोगका संभावना पहिचान गर्नका लागि अध्ययन अगाडि बढाइएको छ । नगरपालिका र राष्ट्रिय भूमिअधिकार मञ्च नेपालको सहकार्यमा स्थानीय भूपरिवेश अध्ययनका लागि समुदायको सुझाव सङ्कलनकार्य भइरहेको छ ।

हालसम्म नगरपालिकाका–१२ वडाका ७१ टोलमा छलफल गरी सुझाव सङ्कलनकार्य गरिएको मञ्चका श्रोत व्यक्ति नरिराम लोहारले बताउनुभयो । स्थानीय बासिन्दाले भोगचलनका आधारमा जग्गा न्यूनतम शुःल्कमा दर्ता गरी जग्गाधनी पूर्जा उपलव्ध गराउनुपर्ने, माटो परीक्षण गरी सुहाउदो बालीको पकेट क्षेत्र निर्धारण गरिनुपर्ने, किसानलाई उन्नतजातको बीउ, मल, कृषि औजार अनुदानमा उपलव्ध गराउनु पर्ने सुझाव दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)