भारतमा सेनाको हतियार कारखानामा विस्फोट, ८ जनाको मृत्यु
aarthiknews.com
एजेन्सी । शुक्रबार भारतको महाराष्ट्रको भण्डारामा रहेको सेनाको हतियार कारखानामा विस्फोट भएको छ। दुर्घटनामा हालसम्म ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
कारखाना व्यवस्थापनले एक प्रेस विज्ञप्ति जारी गर्दै विस्फोटपछि कारखानामा फसेका सबै १३ जनालाई उद्धार गरिएको जनाएको छ। जसमध्ये ५ जना घाइते छन्, जसलाई आवश्यक चिकित्सा सहयोग दिइँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)