मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पीडितसँग सहकार्यका लागि रविले बढाए हात, यसकारण गर्नुपर्छ रिहाइ

barnanmedia.com · Sun Aug 10 21:31:42 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराधको मुद्दाको पुर्पक्षका क्रममा रुपन्देही कारागारमा राखिएका छन् । उनीविरुद्ध रुपन्देहीका अलावा काठमाडौं, चितवन, कास्की र पर्सा जिल्ला अदालतमा पनि एउटै समूहबाट सञ्चालित फरकफरक सहकारीको बचत अपचलनमा संलग्न भएको अभियोगका मुद्दा विचाराधीन छन् ।

नेपालको न्यायिक इतिहासमै उनले एउटा साहस देखाएका छन् कि अदालतबाट मुद्दाको फैसला नहुँदै आफूविरुद्धको अभियोगपत्रमा उल्लिखित बिगोबराबरको रकम जम्मा गर्न तयार भएका छन् र पीडितको रकम फर्काउने अभियानको अग्रसरता लिन उनले कदम उठाएका छन् । जेलभित्रै भएर पनि पीडितका पक्षमा कदम चालेर उनले आफूलाई साँच्चिकै जनताको नेताका रुपमा उभ्याएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)