भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि
kendrabindu.com · Sun Sep 20 12:36:07 GMT 2026

जुम्ला । रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका(५ का १० जनाको कुशको शव बनाएर सामुहिक रूपमा अन्त्येष्टि गरिएको छ । पातारासी नदीको किनारमा १० जनाको सामुहिक दाहसंस्कार गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताए ।
रसुवास्थित हाँकुबेँसी हाइड्रोपावरमा लामो समयदेखि काम गर्दै आएका पातारासीका स्थानीय गत भदौ १० को बाढीमा परी बेपत्ता भएका उपाध्यक्ष रोकायाले उल्लेख गरे । उनका अनुसार पातारासीका मात्रै ४९ जना सम्पर्कविहीन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)