महोत्तरीमा १९६ किलो गाँजासहित २ जना पक्राउ
annapurnapost.com · Sun Sep 20 12:26:33 GMT 2026

महोत्तरी : महोत्तरीमा १९६ किलो लागूऔषध गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–२ खरीढुङगाका २६ वर्षीय रोशन भुजेल र मकवानपुरको मनहरी गाउँपालिका–७ का ३६ वर्षीय बिरेन्द्र स्याङबो रहेका छन्।
प्रहरी स्रोतका अनुसार बा ५ च ८००१ नम्बरको पिकअपमार्फत लागूऔषध ओसारपोसार भइरहेको गोप्य सुचनाको आधारमा प्रहरीले छापा मारेर गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)