टाउको मात्र जोडेर वामपन्थी एकता हुँदैन : झलनाथ खनाल
onlinekhabar.com · Sun Sep 20 12:41:37 GMT 2026

४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देश गम्भीर अस्थिरता र अनिश्चयमा फसेको भन्दै नीति र सिद्धान्तमा आधारित वामपन्थी एकताको आवश्यकता औँल्याएका छन्। नेताहरूको टाउको मात्र जोडेर गरिने प्राविधिक एकता दिगो नहुने उनको भनाइ छ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा बोल्दै नेता खनालले वामपन्थी आन्दोलन कमजोर हुँदा देशमा संकट बढेको बताए। वाम शक्तिहरूबीच न्यूनतम रूपमा एकताबद्ध भएर अघि बढ्ने संस्कृतिको समेत अभाव देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)