कोशी प्रदेश : ओलीको अडानमा कांग्रेस र माओवादीको समर्थन
onlinekhabar.com · Wed Mar 01 17:07:11 GMT 2023
१७ फागुन, काठमाडौं । ‘किराँत–लिम्बुवान–सगरमाथा’ लाई अस्वीकृत गर्दै प्रदेश–१ को नाम कोशी राखिएको छ । कोशी प्रदेश नामाकरणको प्रस्ताव नेकपा एमाले र नेपाली कांग्रेसले ल्याएको थियो । एमाले सांसद रामबहादुर राना प्रस्तावक अनि एमालेकै निरन राई र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर दर्ता भएको प्रस्तावको पक्षमा ८२ मत परेसँगै प्रदेशको नामकरण भएको हो ।
विपक्षमा एकीकृत समाजवादीका चार सांसदको मात्रै मत परेको छ भने जनता समाजवादी पार्टी (जसपा) का एक्ला सांसद बैठक कक्ष बाहिर परेका कारण मतदानमा भाग लिनै पाइनन् । एकीकृत समाजवादी र जसपाका तर्फबाट मुख्यमन्त्री राईले पहिचान र भूगोल समेटेर ‘किराँत–लिम्बुवान–सगरमाथा’ नाम प्रस्ताव गरेका थिए । तर यो प्रस्तावमा नेकपा माओवादी केन्द्रको समेत साथ मिलेन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)