वीरगन्जको मेनरोड विस्तारप्रति घरधनीहरुको विरोध, विस्तारको मापदण्ड १५–१५ मिटरमात्रै गर्न माग
annapurnapost.com · Sun Sep 20 12:37:04 GMT 2026

वीरगन्ज : त्रिुभवन राजपथअन्तर्गत पर्ने वीरगन्जको मेनरोड (मुख्य सडक) विस्तार कार्यको विरोध जनाउँदै घरधनीहरुले पुर्नविचार गर्न सरकारसगँ माग गरेका छन्। त्रिुभवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको गण्डकदेखि मितेरी पुलसम्मको करिब ८ किलोमिटर मुख्य सडक दायाँ–बायाँ २५–२५ मिटर गरी कूल ५० मिटर चौडाँ गर्ने कार्य सडक विभागले जारी राखेको छ।
सडक विस्तारको कार्य जारी रहेकै बेला सडक सीमा क्षेत्रभित्र परेका घरजग्गाधनीहरुले राजमार्गको मापदण्डबारेमा विद्यामान व्यवस्थामाथि पुर्नविचार गरी वीरगन्जको मुख्य सडक ५० मिटर नभई ३० मिटरमात्रै चौडाँ गर्न माग गरेका हुन्। वीरगन्ज उद्योग वाणिज्य संघको सभाकक्षमा आयोवित कार्यक्रममा मुख्य सडक क्षेत्रका घरजग्गाधनी र व्यपारीहरुले विद्यमान ५० मिटर सडक क्षेत्राधिकार पुनरावलोकन गरी घना बजार क्षेत्रमा दुवैतर्फ १५–१५ मिटर अर्थात् कुल ३० मिटर मात्रै सडक मापदण्ड कायम गर्न सरकारसँग माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)