शुक्रबारबाट सुरु हुने छैटौँ टाइगर कपमा एनसेलको सहकार्य
hamrakura.com · Thu Jan 22 00:00:00 GMT 2026
काठमाडौँ। एनसेलले खेलकुद विकास र युवा सशक्तीकरणमा आफ्नो योगदानलाई निरन्तरता दिँदै भोलि शुक्रवारबाट पोखरामा आयोजना हुनगइरहेको राष्ट्रिय भलिबल खेलको महाकुम्भ छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२ मा मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको छ।
टाइगर कप विगत पाँच वर्ष देखि निरन्तर आयोजना भइरहेको छ। गत वर्ष पनि एनसेल यो प्रतियोगिताको मुख्य प्रायोजक रहेको थियो। मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न यसपालि पनि एनसेलले आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसँग साझेदारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)