गृहमन्त्रीको हस्तक्षेपले रोकिएको रविकोे डिल्लीबजार कारागार स्थानान्तरण प्रक्रिया
barnanmedia.com · Sun Aug 10 21:56:55 GMT 2025

गृहमन्त्री रमेश लेखकको हस्तक्षेप नभएको भए रास्वपा सभापति रवि लामिछाने अहिले काठमाडौंको डिल्लीबजार कारागारमा हुन्थे। सुप्रिम सहकारी ठगी प्रकणमा पुर्पक्षका लागि रूपन्देही कारागार, भैरहवामा रहेका लामिछानेले डिल्लीबजार कारागार स्थानान्तरणको माग गर्दै गत जेठमै निवेदन दिएका थिए। तर, काठमाडौं आउदा रविले पार्टी गतिविधि बढाउन सक्ने र मिडियाको पहुँच पनि बढ्न सक्ने देखिएपछि गृहमन्त्री लेखकले रोकिदिए।
रुपन्देही कारागारमा दिइएको निवेदन कारागार व्यवस्था विभाग काठमाडौं आएपनि थन्काइएको छ। रास्वपा पार्टी कार्यालयका सचिव प्रमोद न्यौपानेका अनुसार लामिछानेले कारागार स्थानान्तरणका लागि गत जेठमै निवेदन दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)