मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज उपत्यकामा इन्द्रजात्राको सार्वजनिक विदा, सेयर कारोबार समेत नहुने

arthasansar.com

आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा दोस्रो बजार कारोबार बन्द हुने भएको छ । सरकारले इन्द्रजात्राका अवसरमा काठमांडौ उपत्यकामा सार्वजनिक विदा दिएकाले नेप्से पनि बन्द हुनेछ ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)