१८ वर्षमै कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनिन् नर्स सुनिता
kendrabindu.com · Sun Sep 20 13:02:41 GMT 2026

काठमाडौं । कालिकोटकी १८ वर्षीया सुनिता सुवेदी नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेकी छन्। नर्सिङ पेसामा रहेकी सुवेदी सान्नी त्रिवेणी गाउँपालिका–१ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले वडा तहबाट अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। पार्टीको निर्वाचन कार्यतालिकाअनुसार वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)