यस्ता छन्, रास्वपा सचिवालयका सात निर्णय
baahrakhari.com · Sun Sep 20 13:02:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले सात निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले विपद्देखि विभागमा मनोनयनसम्मका विभिन्न विषयमा निर्णय लिएको हो ।
रास्वपाले सरकारलाई राष्ट्रसंघीय महासभामा उठाउने विषयहरूमा समेत निर्देशन दिएको छ । निर्देशनमा भनिएको छ, “राष्ट्रसङ्घको महासभामा सहभागी हुन जान लाग्नुभएका सम्माननीय प्रधानमन्त्री, परराष्ट्र मन्त्री लगायतको कार्यदललाई नेपालको भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्षहरू, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्ने गरी तयारी गर्न नीतिगत निर्देशन दिइएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)