गृह मन्त्रालयले गर्यो एकै पटक ७० कर्मचारीको सरुवा
nepalnews.com · Sun Sep 20 13:08:49 GMT 2026

काठमाडौं। गृह मन्त्रालयले एकै पटक ७० जना कर्मचारीको सरुवा गरेको छ। शुक्रबार गरिएको निर्णयअनुसार नायब सुब्बा, कम्प्युटर अपरेटर र खरिदारलगायतका कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
सरुवा सूचीअनुसार जिल्ला प्रशासन कार्यालय डोल्पाका नायब सुब्बा कुबेर चौधरीलाई इलाका प्रशासन कार्यालय बाँसगढी बर्दियामा सरुवा गरिएको छ। त्यसैगरी, जिल्ला प्रशासन कार्यालय लमजुङकी नायब सुब्बा तक्मा बिकलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा पठाइएको छ। मन्त्रालयले सरुवाको औपचारिक सूची सार्वजनिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)