मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु

ratopati.com · Thu Jun 04 11:56:28 GMT 2026

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद्जन्य घटनामा ५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा पाँच जनाको मृत्यु भएको हो ।

मकवानपुर, मोरङ, सिरहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरका भएका विपद्यन्ज घटनामा अन्य ११ जना घाइते भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । उहाँका अनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पले डसेर एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो । रोल्पाको गङ्गादेव गाउँपालिका रातमाटामा खहरे भेलले बगाएर दुई बालकको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रवक्ता महतका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा २५ वटा विपद्जन्य घटना भएकामा ती घटनाबाट ६३ लाखभन्दा बढीको भौतिक क्षति भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)