डोल्पाको त्रिपुरासुन्दरी मन्दिरबाट ५५ हजार भेटी गायब
onlinekhabar.com · Sun Sep 20 13:10:16 GMT 2026

४ भदौ, डोल्पा। जिल्ला डोल्पाको त्रिपुरासुन्दरी मन्दिरमा चोरी भएको छ। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोटमा रहेको श्री बाला त्रिपुरासुन्दरी मन्दिरको मुख्य पूजास्थलमा राखिएको ५५ हजार रुपैयाँ भेटी शनिबार बिहान चोरी भएको मन्दिरका मुख्य पुजारी प्रख्यात उपाध्यायले जानकारी दिए।