डेगु नियन्त्रणमा सरोकारवालाको भूमिका महत्वपूर्ण
rajdhanidaily.com · Sun Sep 20 13:22:08 GMT 2026

उदयपुर । डेगु तथा जापानीज इन्सेफ्लाइटिस लगायत कीटजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा नष्ट गर्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । त्रियुगा नगरपालिका स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय उदयपुरको आयोजनामा त्रियुगा नगरपालिकाको सभाहलमा आयोजित ‘डेगु लगायत कीटजन्य रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले रोग नियन्त्रणका लागि समुदायस्तरमै प्रभावकारी अभियान सञ्चालन गर्नु पर्ने बताएका हुन् ।
कार्यक्रममा डेगु तथा जापानीज इन्सेफ्लाइटिस लगायतका रोग सार्ने लामखुट्टेको पहिचान, बासस्थान, रोगको अवस्था तथा रोकथामका उपाय’bout जानकारी गराइएको थियो । विशेषगरी डेगु सार्ने एडिज जातको लामखुट्टेले सफा तथा जमेर रहेको पानीमा प्रजनन गर्ने भएकाले घर, कार्यालय, विद्यालय तथा सार्वजनिक स्थान आसपास पानी जम्न नदिनु पर्नेमा जोड दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)