पाल्पामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते
onlinekhabar.com · Sun Sep 20 13:32:07 GMT 2026

४ असोज, पाल्पा । पाल्पामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पारी चालकसहित अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो साढे तीन बजे बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको गाडी सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका–८ भालेबासमा दुर्घटना भएको हो । उक्त गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खोलामा खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)