भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार
nepalviews.com · Sun Sep 20 13:31:03 GMT 2026

काठमाडौं । भोटेकोशी बाढी तथा विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएको छ । नेपाली सेनाका अनुसार आइतबार साँझ ६ बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार २२० जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३ हजार ९३७ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन् ।
माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ । टनेलमा खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)