आज एकै मञ्चमा देखिँदै ओली, प्रचण्ड र माधव नेपाल
nagariknews.nagariknetwork.com · Sun Jun 28 02:15:33 GMT 2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपाका सह-संयोजक माधवकुमार नेपाल आज (आइतबार) एकै मञ्चमा देखिँदै छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा उनीहरू एकै मञ्चमा देखिन लागेका हुन्। उनीहरू सँगै झलनाथ खनाल तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि हुन् छन्।