मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काेशीमा नयाँ सरकार गठनविरुद्ध केदार कार्कीद्वारा रिट

Ujyaaloonline.com · Thu May 09 23:41:49 UTC 2024

काठमाण्डाै – काेशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वाेच्च अदालतमा रिट दिनुभएकाे छ । असंवैधानिक तरिकाले आफूलाई हटाएर नयाँ सरकार गठनको आह्वान गरेको भन्दै केदार कार्कीले आज सर्वोच्चमा रिट दिनुभएको छ ।

रिटमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वान र त्यसका आधारमा भएका निर्णय बदर गर्न माग गरिएको छ । यस्तै हिक्मत कार्कीलाई मुख्यमन्त्रीको काम कारबाही नगर्न/नगराउन र आफूलाई मुख्यमन्त्रीको जिम्मेवारी बहाल गर्न अवरोध नगर्न/नगराउनसमेत अन्तरिम आदेश माग गरिएको छ । सर्वोच्चले केदार कार्कीले दायर गर्नुभएकाे रिटको पेसी भोलि शुक्रवारका लागि तोकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)