मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक ढलानमा भ्रष्टाचार : मेयर, उपमेयरसहित १२ जनाविरुद्ध मुद्दा

Ujyaaloonline.com · Thu May 09 23:42:09 UTC 2024

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोना, उपमेयर रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जलेश्वर नगरपालिका वडा नम्बर १ हाटबजार क्षेत्रमा भइरहेको सडक ढलानमा गुणस्तरहीन काम गरी गैरकानुनी लाभ तथा हानी पुर्याएको आरोपमा अख्तियारले आज विशेष अदालत काठमाण्डौमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)