वसन्त पंचमीः सरस्वती माताको पूजाको दिन
newsofnepal.com · Thu Jan 22 17:42:25 GMT 2026

वसन्त पञ्चमी यानि विद्याकी देवी सरस्वती देवीकोे दिन हो । यस वर्षको वसन्त पञ्चमी दिन आज माघ ९ गते शुक्रबार परेको छ । हरेक वर्ष माघ शुक्ल पक्ष पन्चमी तिथिमा वसन्त पंचमीको पर्व मनाइन्छ । वसन्त पंचमीको पर्व विद्या, बुद्धि र ज्ञानकी देवी माता सरस्वतीमा समर्पित गरिन्छ । यस दिन घर, विद्यालय र कलजेहरूमा सरस्वती देवीको पूजा आराधना गरिन्छ ।
मान्यता यो छ कि वसन्त पंचमीको दिन सरस्वती माताको आराधना गर्नाले बुद्धि विकास हुन्छ, पढाइ र करिअरमा अगाडि बढ्न बाटो खुल्छ । साथै ज्ञान प्राप्त पनि हुन्छ । विद्यार्थी, शिक्षक, लेखक, कलाकार र संगीतसँग सम्बिन्धित व्यक्तिहरू यस दिन खासगरी माता शारदाको पूजा गर्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)