बाजुरामा अझै रोकिएन बाटोमा सुत्केरी हुने क्रम
gorkhapatraonline.com · Sun Sep 20 13:36:55 GMT 2026

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका बाहुनीकी मेनुका बिकले आइतबार बाटोमै छोरीको जन्म दिनुभएको छ । घरमै व्यथा सुरु भएपछि बिहान साप्पाटा स्वास्थ्य संस्था बर्खु जाने बेला स्वास्थ्य संस्था नपुग्दै उहाँले बिच बाटोमा छोरीको जन्म दिनुभएको हो ।
यहाँको भौगोलिक अवस्था तथा श्रोत र साधनको अभावले यहाँका अधिकांश महिलाहरु पछिल्लो समय स्वास्थ्य संस्था पुग्न नपाउँदै बिच बाटोमा सुत्ेकरी हुन बाध्य भएका छन् । मेनुका बिकको अवस्था पनि यही हो । उहाँ बिहान सुत्केरी हुनकै लागि स्वास्थ्य संस्थामा जाने तयारीमा हुनुहुन्थ्यो । स्वास्थ्य संस्था टाढा भएका कारण त्यहाँ नपुग्दै उहाँले बाटोमै छोरीको जन्म दिनुभयो । उहाँको घरदेखि स्वास्थ्य संस्थामा पुग्न करिब दुई घण्टा लाग्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)