होटेल सारथीको साधारणसभाबाट १५.७८ प्रतिशत लाभांश पारित, आईपीओ निष्काशन चाँडै
corporatenepal.com · Sun Sep 20 13:33:15 GMT 2026

काभ्रे । धुलिखेलस्थित होटेल सारथी लिमिटेडको दोस्रो वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कुल लाभांशमध्ये १३ प्रतिशत बोनस सेयर र २.७८ प्रतिशत नगद (करसहित) लाभांश रहेको छ । सोही साधारणसभाले जारी पुँजीको ३० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)