भोटेकोशी बाढीः गोकर्णेश्वरमा २८१ शव व्यवस्थापन
kendrabindu.com · Sun Sep 20 13:39:27 GMT 2026

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते गएको विनाशकारी बाढीमा परी ज्यान गुमाएर काठमाडौं ल्याइएका २८१ जनाको शव सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका वन क्षेत्रमा ती शव जमिनमुनि गाडेर सुरक्षित रुपमा व्यवस्थापन गरिएको हो । उनका अनुसार विपद् प्रभावित रसुवा, धादिङ र नुवाकोटबाट ती शव काठमाडौँ ल्याइएको थियो । ती शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम तथा डिएनए परीक्षणका लागि नमूना सङ्कलन गरेपछि सुरक्षित रुपमा व्यवस्थापन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)