बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतीको घोषणा
nepallive.com · Sun Sep 20 13:38:09 GMT 2026

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँसम्मको दीर्घकालीन सहयोग गर्ने भएका छन्।
यससम्बन्धी एक सम्झौतामा घले दम्पतीले नेतृत्व गरेको एमआईटी ग्रुप फाउन्डेसन र राष्ट्रिय बाल अधिकार परिषद्बीच समझदारीपत्र (एमओयू) मा शुक्रबार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर भएको थियो। उक्त समारोहमा राष्ट्रिय बाल अधिकार परिषद्की अध्यक्षसमेत रहेकी मन्त्री सीता वादी पनि उपस्थित थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)