बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
annapurnapost.com · Sun Sep 20 13:35:26 GMT 2026

काठमाडौं : चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाजले राष्ट्रिय निःशुल्क चेकअप क्याम्प शुरुगरेको छ ।
असोज ४ गतेदेखि असोज ९ गतेसम्म सञ्चालन हुने यस क्याम्पअन्तर्गत नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा गई बजाज मोटरसाइकलको निःशुल्क व्यावसायिक चेकअप गराउन सकिने कम्पनीले जनाएको छ। चाडपर्वको समयमा यात्राको संख्या तथा दूरी बढ्ने भएकाले यात्राअघि मोटरसाइकलको अवस्था जाँच गरी सम्भावित मर्मतसम्भारका आवश्यकताहरू समयमै पहिचान गर्न बजाजले ग्राहकलाई प्रोत्साहित गरेको हो । निःशुल्क चेकअपका क्रममा थप मर्मतसम्भार वा पार्टपुर्जा फेर्नुपर्ने आवश्यकता देखिएमा ग्राहकले विभिन्न सेवामा विशेष छुटसमेत प्राप्त गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)