हिमाल आरोहणका लागि सँगसँगै रुस र युक्रेनका आरोही
gorkhapatraonline.com · Thu May 09 23:56:48 UTC 2024
काठमाडौँ, वैशाख २८ गते ।
अहिले रुस–युक्रेनबिच युद्ध चलिरहेको छ । तर त्यहाँका नागरिक मित्रवत् व्यवहारसहित एउटै समूहमा रहेर नेपालका हिमाल आरोहणका लागि आधार शिविरमा अभ्यासरत छन् । चालु वसन्तयाममा सगरमाथा, कञ्चनजङ्घा (प्रमुख), अन्नपूर्ण पहिलो, मनासलु, ल्होत्सेलगायतका हिमाल आरोहणका लागि रुसका ४६ र युक्रेनका २३ जना आरोही आधार शिविरमा आरोहण तयारीमा छन् । जसमध्ये रुसका ११ महिला र ३५ पुरुष तथा युक्रेनका आठ महिला र २३ पुरुष छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)