पाल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते
annapurnapost.com · Sun Sep 20 13:43:00 GMT 2026

तानसेन : सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा आइतबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य ५ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भई उपचारको क्रममा पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनसरा खाम्चाको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी सिद्धार्थ राजमार्गअन्तर्गत भालेबासमा आइतबार दिउँसो करिब ३ः३० बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)