बालमन्दिरको २८ रोपनी जग्गा दुरुपयोग, २० जनाविरुद्ध पक्राउ पुर्जी
gorkhapatraonline.com · Fri May 10 00:02:04 UTC 2024

काठमाडौँ, वैशाख २८ गते । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौँको नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर) को जग्गा दुरुपयोग गरी अनियमितता गरेको आरोपमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
नेपाल बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह तथा वृहस्पति विद्या सदनका सञ्चालक पुरुषोत्तमराज जोशीबिचको मिलेमतोमा बाल सङ्गठनको स्वामित्वमा रहेको २८ रोपनी पाँच आना एक पैसा जग्गा दुरुपयोग गरेको उजुरीका आधारमा सिआइबी त्यसमा संलग्नहरूमाथि पक्राउ पुर्जी जारी गरी अनुसन्धान अघि बढाएको हो । पक्राउ पुर्जी जारी हुनेमा नेपाल बाल सङ्गठनका तत्कालीन अध्यक्षद्वय रीता सिंह तथा चिरञ्जीवी तिवारी, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, महाचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, कृष्णशङ्कर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, मनोहरगोपाल श्रेष्ठविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)