मनास्लु आधारशिविरको अनशन स्थगित
ratopati.com · Sun Sep 20 13:55:51 GMT 2026

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन स्थगित गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनशन स्थगित गरिएको दावा नुर्बु लामाले बताए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश र एमक्यापले आइतबार उनीहरुलाई वार्ता र संवादद्वारा माग पूरा गर्ने व्यहोराको पत्र पठाएको थियो। सोहीअनुसार अनशन स्थगित गरी मनास्लु बेसक्यापबाट सामागाउँ फर्किएको अनसन टोलीका अगुवा लामाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)