रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउन समिति गठन, जनप्रतिनिधिलाई जवाफदेही बनाउने तयारी
kendrabindu.com · Sun Sep 20 13:55:53 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचित जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने मुख्य उद्देश्यसहित ‘राइट टु रिकल’ (फिर्ता बोलाउने अधिकार) को अवधारणा अगाडि बढाएको छ। यसै सन्दर्भमा पार्टीको ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठक केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।
पार्टीका महामन्त्री तथा समितिका संयोजक विपिन कुमार आचार्यको अध्यक्षतामा बसेको बैठकमा समिति सदस्यहरू गणेश पराजुली, प्रमोद न्यौपाने, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी र करिस्मा कठरियाको सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)