बजेटको आकार नै अन्योलमा, सिलिङबिनै पुनर्लेखनको तयारी
ratopati.com · Sun Sep 20 14:04:53 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पुनर्लेखन प्रक्रिया अघि बढाए पनि बजेटको कुल आकार भने अझै स्पष्ट हुन सकेको छैन ।
आर्थिक मामिला मन्त्रालयले विषयगत मन्त्रालयहरूलाई बजेट पुनर्लेखनका लागि पाँचबुँदे मार्गदर्शन पठाए पनि यसपटक मन्त्रालयगत बजेट सीमा सिलिङ तोकेर पठाएको छैन । आर्थिक मामिला मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै असोज ९ गतेभित्र कार्यक्रम तथा आयोजना छनोट गरी प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली पीएलएमबीआईएस मा प्रविष्ट गरिसक्न विषयगत मन्त्रालयहरूलाई निर्देशन दिएको छ ।त्यसअनुसार मन्त्रालयहरूले आयोजना तथा कार्यक्रम छनोटको तयारी थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)