ओहदाको प्रमाणपत्र पेस
barnanmedia.com · Sun Aug 10 23:03:05 GMT 2025

काठमाडौँ, २६ साउन : इस्लामिक गणतन्त्र इरानका लागि नेपालको गैरआवासीय राजदूत रमेशचन्द्र पौडेलले तेहरानमा आयोजित विशेष समारोहमा इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति डा मसूद पेजेसकियन समक्ष ओहदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
ओहदाको प्रमाणपत्र पेस गरेपश्चात राष्ट्रपतिसँगको शिष्टाचार भेटको अवसरमा राजदूत पौडेलले नेपाल र इस्लामिक गणतन्त्र इरानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीच सुमधुर, घनिष्ठ तथा मित्रवत् सम्बन्ध रहँदै आएको बताउँदै लगानी, व्यापार, पर्यटन, कृषि र शिक्षाको क्षेत्रमा आपसी सहयोगको सम्भावना रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)