रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग सदस्यमा कार्की नियुक्त
ratopati.com · Sun Sep 20 14:07:36 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग सदस्यमा युवा नेता हिक्मत जंग कार्की नियुक्त भएका छन् । आइतबार बसेको सचिवालय बैठकले कार्कीलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाको पहिलो महाधिवेशन अघि पनि कार्की सोही पदमा रहेका थिए । महाधिवेशन पछि पनि रास्वपाले उनलाई शिशिर खनाल नेतृत्वको उक्त विभागको सोही पदमा निरन्तरता दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)