रसुवा बाढी पहिरोमा बिमा दाबी रकम बढ्दै
rajdhanidaily.com · Sun Aug 10 23:20:16 GMT 2025

काठमाडौं । गत २३ असारमा चीन र नेपालको सीमा रसुवामा हिम पहिरोका कारण उत्पन्न क्षतिमा बिमा रकम दाबी क्रमिक रूपमा बढ्न थालेको छ । गत सातासम्म कुल ८४ करोड ८४ लाख ३० हजार रुपैयाँबो बिमा दाबी रहेकामा अहिले १ अर्बको हाराहारीमा पुगेको हो ।
हालसम्ममा दाबी रकम ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँबराबर पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न ११ वटा निर्जीवन बिमा कम्पनीमा ७८ वटा दाबीमार्फत कुल ९८ करोड ५९ लाख ८२ हजार १ सय ५६ रुपैयाँ माग गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)