भोटेकोसी बाढी : २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन
baahrakhari.com · Sun Sep 20 14:28:26 GMT 2026

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा गत भदौ १० गते गएको विनाशकारी बाढीमा परी ज्यान गुमाएर काठमाडौं ल्याइएका २८१ जनाको शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका वन क्षेत्रमा ती शव जमिनमुनि गाडेर सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो । उनका अनुसार, विपद् प्रभावित रसुवा, धादिङ र नुवाकोटबाट ती शव काठमाडौं ल्याइएको थियो । ती शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम तथा डीएनए परीक्षणका लागि नमुना संकलन गरेपछि सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)