ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
ratopati.com · Sat Jan 25 20:00:00 GMT 2025
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा पेप ग्वार्डिवलाको म्यानचेस्टर सिटीलाई सफलता मिलेको छ । शनिबार राती भएको खेलमा म्यान्सिटीले चेल्सीलाई ३-१ ले हरायो ।
म्यान्सिटीलाई जिताउन जोस्को ग्वार्डिओल, एर्लिङ्ग हालाण्ड र फिल फोडेनले गोल गरे । सुरुवाती गोल भने चेल्सीका ओएनआई मडुकेले गरेका थिए । जितपछि म्यान्सिटीका मुख्य प्रशिक्षक ग्वार्डिवलाले ‘यो उत्कृष्ट सुरुवात होइन । झण्डै हामीलाई उनीहरुले २-० को सजाय दिएनन् । जे भए पनि हामीले भावनात्मक रुपमा होसिएर राम्रै प्रदर्शन गर्न सक्यौँ’ भनी प्रतिक्रिया दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)